इलाम: जिल्ला प्रहरी कार्यालय इलामले बिभिन्न कार्यक्रम गर्दै “६६ औं प्रहरी दिवस २०७८” मनाएको छ ।
दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले तयार पारेको कार्यतालिका अनुसार जिल्ला प्रहरी कार्यालयले असोज १६ गते स्थानीय बासिन्दा, मन्दिर ब्यवस्थापन समिती, बिद्यार्थी समेतको सहभागितामा सिंह वाहिनी मन्दिर परिसर सरसफाई गरेको छ ।
आइतबार आज चोकबजारमा चाडपर्वमा हुने सवारी साधन र यात्रुको चापलाई मध्येनजर गर्दै यात्रु सहायता कक्षको स्थापना, जिल्ला प्रहरी कार्यालय परिसरमा बिभिन्न प्रजातिका बिरुवा रोपी वृक्षारोपण कार्यक्रम गरेको बताइएको छ ।
चाडपर्वमा हुने भिडभाडमा कोभिड-१९ कोरोना महामारीको सम्भाबित जोखिमलाई ध्यानमा राखी मेची राजमार्ग अन्तरर्गत चल्ने बिभिन्न यात्रु वाहक तथा मालवाहक सवारी साधनका चालक, सह-चालक र यात्रु तथा पैदल यात्रीहरुलाई समेत “तपाईको मास्क खोई कार्यक्रम” आयोजना गरी कुल ३०० जनालाई मास्क बितरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी दिवसको मुल समारोह भने प्रहरी प्रधान कार्यालयको कार्यतालिका बमोजिम असोज २० गतेसम्म मनाउने कार्य तालिका छ ।