एमालेको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला-झाँक्री


सेवारो खबर  275 पटक हेरिएको

इलाम: नेकपा एमालेको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला भएको नेकपा एकिकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले बताइन् ।

उनले माईजोगमाईको नयाँबजारमा पार्टी कार्यालय उट्घाटन कार्यक्रममा  बोल्दै नेकपा एमालेका अध्यक्ष केपि ओलीको तानाशाही चरित्र छिट्टै ढल्ने दाबी गरिन् ।

संविधान मास्न संसद विगठन गर्दै ओलीले सक्तामा बसरे लुटिएको पैसाबाट पानीका बोतलमा फोटो टाँसिएको भन्दै झाँक्रीले–‘जुत्ता, मोजा, लुगामा ओलीको फोटो टाँसेर हिड्ने ओलीको भजनमण्डली धेरै दिन टिक्न नसक्ने बताइन्।’

‘विचार बिहिन एमालेको सूर्य चिन्हको ट्रेडमार्क अब निर्वाचनसँगै हराएर जानेछ, झाँक्रीले भनिन- व्यक्तिवादमा केन्द्रित, विचार विहिन अहंकरकारले ग्रसित भएर दुई तिहाईको सरकारलाई गिराउने, जननिर्वाचित संसद विगठन गराउने, जनताबाट निर्माण गरिएको संविधान मात्रै नभएर जनक्रान्तिबाट संस्थागत भएका उपलब्धिहरु सत्यानास गर्ने केपि ओलीको अन्त्य दुखदायी भएर जानेछ।’

‘सचिव झाँक्रीले मोटरसाइकल र्याली गर्नुपर्ने, स्तुती गान गर्नुपर्ने, अबिरजात्रा गर्नुपर्ने ओलीको तमासा राज्य शत्ता दोहन गरेर जम्मा भएको पैशा हुन्जेल हुनेछ । ओलीकै कारणले एमाले दक्षिणपन्थिको बाटोमा मात्रै हैन विगठनको बाटोमा छ भन्दै पार्टीको घोषणापत्रको सहि ढंगले कार्यान्वयन नभएकाले एमालेबाट बिद्रोह गरी एकिकृत समाजवादी पार्टी बनाएको जानकारी गराइन् ।’

कार्यक्रमा नेकपा एकिकृत समाजवादीको नेतृ तथा प्रदेश सासंद खिनु लङ्वा लिम्बु, माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूरु राई, समाजवादीका इलाम अध्यक्ष भक्त केशी, बुद्धिजिवी आरसि नेपाल, युवासँघका नेता महेश तिवारी लगायतले बोलेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार