विभिन्न कार्यक्रम गर्दै पुस्तकालय दिवस मनाइयो


सेवारो खबर  236 पटक हेरिएको

इलामः १५ औं पुस्तकालय दिवस ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नारासहित इलाममा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ ।

इलाम नगरपालिका साहित्य कला, संगित प्रतिष्ठानले पद बहालीसगै एक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख महेस बस्नेतले अहिले थुप्रै पुस्तकालय स्थापना भएका छन तर पठन सस्कृती खस्कदै गएको बताए । उनले दिगो ज्ञानको लागि पुस्तक अध्यायन महत्वपूर्ण हुँने भन्दै नगरमा रहेका पुस्तकालयको बिकास संरक्षणमा नगरपालिकाले उचित ध्यान पु¥याउँने जानकारी गराए ।

दिवसका अवसरमा महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख दिलनाथ फुएल, अम्बर माध्यमिक विद्यालय बरबोटेका प्रधानध्यापक सोमनाथ निरौला, सहिद स्मृति पुस्तकालय इलामका सचिव जीवन सर्मा लगाएतले पुस्तकालयको महत्वको बारेमा बोल्नु भएको थियो ।

जन कल्याण सामुदायिक पुस्तकालय बरबोटेले वैदेशिक रोजगारमा जान लागेका युवासँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्दै दिवश मनाएको छ ।

वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने प्रक्रिया र अपनाउनु पर्ने सजगताको विषयमा सामी परियोजना इलामका संयोजक इश्वरी तामाङ्गले सहजीकरण गरेका थिए ।

कार्यक्रममा वैदेशिक रोजगारीमा जान लागेका, रोजगारीबाट फर्केर व्यवसाय गर्दै आएका २५ जनाको सहभागिता थियो ।

कार्यक्रममा पुस्तकालयका असल पाठक मध्ये एक जनालाई पुरस्कृत गरिएको छ । पुस्तकालयका नियमित पाठक शेखर निरौलालाई प्रंसशा पत्र प्रदान गरिएको थियो ।

पुस्तकालयका अध्यक्ष सटेन्द्र जबेगूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिका प्रवक्ता तथा वडा नंम्बर ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठ, अमर माविका प्रधानाध्यापक सोमनाथ निरौलालगायतले पुस्ताकालयको विषयमा बोलेका थिए ।

पुस्तकालय सञ्चालक समितिका सदस्य नारायण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा पुस्तकालयका सदस्य सागरमणि घिमिरेले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार