इलाम: सात चिया बगान क्षेत्रका स्थानीय सरकार सुवास सांघाइलाई साउन महिनाभित्र निगमले बुझाउनु पर्ने बक्यौता रकम बुझाउँन लगाउँने भएका छन् ।
सूर्योदय नगरपालिकाको समन्वयमा सोमबार स्थानीय तहका प्रमुखहरुको बैंठकले साउन महिना भित्र कर बुझाउँन लगाउँदै, निगमसित भएको सम्झौता खारेज गर्न आवश्यक पहाल गर्ने निणर्य गरेको छ ।
इलाम र झापाका लिजमा लिएको चिया बगान लिजमा लिने त्रिवेणी समूहको सुवास सांघाइले लामो समयदेखि स्थानीय सरकारलाई भूमि र व्यवसाय सम्बन्धी कर बुझाएको छैन ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, मेची नगर नगरपालिकाका प्रमुख विमल आचार्य, माई नगरपालिकाका प्रमुख दिपक थेबे, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भूजेल र बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजबंशीको उपस्थितिमा साउन मसान्तसम्ममा बुझाउँनु पर्ने कानुन बमोजिमका सम्पूणर् कर बुझाउँन सात वटै बगान रहेका स्थानीय तहले एकै पटक पत्राचार गर्ने भएका निणर्ग गरेका छन् ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत भने बैंठकमा उपस्थित थिएनन् ।
बैंठकले २०५० साल असार १४ गते तत्कालीन सरकारले त्रिवेणी समूहलाई लिजमा दिएको बगान राज्यको पूर्नसंरचना हुँदा समय सापेक्ष नभएकाले सम्झौता भंङ्ग गरी स्थानीय तहलाई नै सञ्चालनको जिम्मा दिनका लागि संघीय सरकारलाई प्रस्ताव गर्ने निणर्य पनि गरेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुरले जानकारी दिए ।
पूर्वी पहाड इलाम तथा तराई झापाका नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गतका सात वटा बगान त्रिवेणी समूहका सुवास सांघाईलाई ५० वर्षका लागि लिजमा दिइएको छ । समूहले २६ करोड रुपैयाँमा ५० वर्षका लागि बगान लिजमा लिएको हो ।
त्रिवेणी समूहसँग वार्षिक एक करोड ५८ लाख रुपैयाँ रकम लिने संझौता भएको थियो । तर, सम्झौता अनुसारको रकम समूहले तिर्न नसक्ने बताएपछि वार्षिक एक करोड १५ लाख रुपैयाँ लिनेदिने संझौतामा उल्लेख छ ।
सांघाईले संझौता अनुसारको रकमसमेत बुझाउन बाँकी रहेको बताइन्छ ।
इलामका इलाम, कन्याम, सोक्तिम, चिलिमकोट र झापाका बर्ने, बारदशी तथा टोकला चिया बगान त्रिवेणी समूहको सुवास सांघाईले लिजमा लिएका छन् ।
निगमले सुन्दैन श्रमिकको समस्या: सरकारले निगमलाई लिजमा दिएपछि श्रमिकको समस्या झन बढ्दै गएको छ । श्रमिकको समस्या मात्र होइन बगानको गुणस्तरियता समेत खस्केको जानकारहरूको भनाई छ ।
चिया बगान त्रिवेणी समूहको सुवास सांघाईले लिजमा लिएपछि स्थानीय चिया श्रमिकको समस्या सुल्झेलान भनेको झन बिग्रदै गएको मजदुहरू बताउँछन् ।
तत्कालिन समयमा दुई हजार भन्दा बढी स्थायी श्रमिकले रोजगार पाईरहेको बगानमा अहिले छ सय जनाको हाराहारीमा झरेको बताइन्छ । उनिहरूको पनि कति बेला आफ्नो जागिर खोसिने हो थाहा छैन सानो गल्ती गर्यो, श्रमिकको अधिकारको कुरा गर्यो भने हातमुख जोर्ने पेशा खुस्किने नाम उल्लेख नगर्ने सर्तमा चिलिमकोटका एक श्रमिकले बताए ।
श्रमिकका पाउँनु पर्ने तोकिएको ज्याला, सामाजिक सुरक्षा, स्वाथ्य लगायतको समस्या बेलाबेलामा उठेपनि श्रमिकको पीडाको विषयमा निगम गम्भीर नभएको मजदुरहरूको गुनासो छ ।