इलाममा निषेधाज्ञा दश दिन थपियो


सेवारो खबर  228 पटक हेरिएको

इलाम : इलाममा निषेधाज्ञा दश दिन थप गरिएको छ । थप गरिएको निषेधाज्ञा साउन २५ गतेसम्म रहने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जारी  गरेको आदेश पत्रमा उल्लेख छ ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत साउन १५ गते मध्यराती १२ बजेबाट लागु हुने गरी साउन २५ गते मध्यराती १२ बजेसम्म जिल्ला भरी लागु हुने गरी निषेधाज्ञा थप गरिएको जनाइएको छ ।

निषेधाज्ञा यसअघिको  जस्तै कडाईका साथ जारी यथावत रहेका जनाइएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक बस्तु र सेवाको आपुर्तिमा कृत्रिम अभाव सिर्जना गरी मुल्यवृद्धि गर्ने वा लुकाउने, आपुर्तिमा अवरोध गर्ने उपर कानुनी कारवाही हुँने बताइएकाे छ ।

आदेशको उल्लंघन गरेको खण्डमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफ १९ वा २१, २२ र २४ तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही र जरिवाना समेत हुने उल्लेख गरिएको छ । आदेशको पालना गर्न व्यक्ति, संघसंस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकहरुको कर्तव्य रहेकाले सहयोग पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार