इलामः एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले असार महिनाको सर्वोकृष्ट प्रहरी घोषणा गरेको छ । प्रहरी अपराध अनुसन्धानमा कार्यरत इलामका प्रहरी निरीक्षक किशोर तामाङ महिनाको सर्वोकृष्ट प्रहरी भएका हुन ।
प्रहरी निरीक्षक तामाङले विभागीय मूल्य मान्यता र निर्देशन अनुसार कतव्र्यनिष्ठ भई जघन्य अपराधमा संलग्न फरार व्यक्तिको अनुसन्धान पक्राउ र कारबाहीको दायरामा ल्याउन महत्वपूणर् भूमिका खेलेको भन्दै प्रदेश प्रहरी कार्यालयले सर्वोकृष्ठ प्रहरी भएको जनाइएको छ ।
कानूनी कारवाहीको दायरामा ल्याउन आम नागरकिहरुमा सुरक्षाको अनुभूती हुने गरी प्रहरीको छवी उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले महिना सर्वोकृष्ट प्रहरीको उपाधी हात पारेका हुन ।
सर्वोकृष्ठ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दै गरेको कार्यको विवरण प्रदेश प्रहरी कार्यालयले निर्माण गरेको स्तम्भ र प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालयमा एक महिनासम्म राखिने बताइएको छ ।