अदालत परिसरमै मृत भेटिएकी बिमलादेवीकाे अनुसन्धानको विषय मंगलबार सार्वजनिक हुँने


सेवारो खबर  266 पटक हेरिएको

इलाम: कार्यालय परिसरमै मृत भेटिएकी ४८ वर्षकी विमलादेवि पराजुलीको  अनुसन्धानको जानकारी भोली मंगलबार सार्वजनिक हुने भएको छ ।

उच्च अदालतको कार्यालय सहयोगी पराजुलीको अदालत परिसरमै भेटिएको शंकास्पद सबको अनुसन्धान भइररहेकाे र थप प्रमाण जुटाउँनकाे काम भइरहेकाेले घटनाकाे विषयमा मंगलबार मात्र सार्वजिक हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार बिहान भेटिएको लासको असामान्य अवस्थालाई अनुसन्धान भइरहेको छ । अनुसन्धान गर्न धरानबाट तालिम प्राप्त कुकूर ल्याएको जानकारी गराउँदै थप प्रमाण संकलनको कामले भोली मात्र घटनाको विषयमा सार्वजनिक गर्ने प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

कार्यालय पोशाकमै रहेको पराजुलीको सवको अवस्था असामान्य देखिए पछि प्रहरीले सबको पहिचान गर्न विशेषज्ञ कुकुरको सहयोग लिइएको बताइएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ घर भएकी पराजुलीको शब कार्यालय परिसरको भित्तामा रहेको नालीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको सब कार्यालय पोशाकमै फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार